पूर्वराजा ज्ञानेन्द्रलाई लगाइदिन उनेको माला कसैले आँफैले लागाए कसैले सडकमै फ्याँके, आखिर किन यस्तो गरियो ? कारण थाहा पाउनुभयो भने चकित पर्नुहुनेछ !


काठमाडौं, २४ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित तीन साता लामो बसाइका लागि बुधबार अपरान्ह झापा पुगेका छन् ।

बाराको सिमराबाट आफैं गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्र पत्नीसहित झापाको हिमालयन महालक्ष्मी चिया बगान पुगेका हुन् ।

उनी तीन साता लामो बसाईका लागि झापा आएका हुन् । उनकै स्वामित्वमा रहेको हिमालयन महालक्ष्मी चिया बगान भित्रको मिनी दरवारमा ज्ञानेन्द्र पत्निसहित बस्नेछन् ।

झापामा उनको कुनै औपचारिक कार्यक्रम तय गरिएका छैनन् । यद्यपी झापा बसाईका क्रममा पूर्व राजावादीसँग भेटघाट गर्ने कार्यक्रम छ । बुधबार साँझ पनि उनले दमक आसपासका पूर्वराजावादीसँग भेटघाट र वर्तमान राननीतिक अवस्थाका बारेमा कुरा गरेका छन् ।

सिमराबाट झापासम्म आउदा ठाउँ ठाँउमा उनका समर्थक स्वागतका लागि पूर्व-पश्चिम राजमार्गमा फूल माला लिएर बसे पनि उनले गाडी रोकेनन् ।

मोरङको विराटचोकमा स्वागतद्धार निर्माण गर्नुका साथै रातो कार्पेटसमेत ओछ्याइएको थियो । यसरी स्वागत गर्न बसेका सयौं समर्थक पूर्वराजा ज्ञानेन्द्रले गाडी नरोकी अघि बढाएपछि निरास भएका थिए ।

ढाका टोपी, दौरा सुरूवाल र राष्ट्रिय झन्डासहित बसेका समर्थकले पूर्वराजा ज्ञानेन्द्रले गाडी नरोकेपछि उनलाई लगाइदिन हातमा लिएको सयपत्रीको माला आफैं लगाएका थिए ।

नेपाल विद्धत परिषद क्षेत्रिय कार्यसमिति सुन्दर हरैचा मोरङले उक्त कार्यक्रमको आयोजना गरेको थियो । बिहान ११ बजेदेखि सडकमा उभिएकी ५४ वर्षीय धनरानी अधिकारीले पूर्वराजा ज्ञानेन्द्र शाहालाई माला लगाईदिन नपाएपछि भुईँमा फालिदिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement