तेलेगु टेलिभिजनको सर्वाधिक महँगो शो ‘बिग बोस ३’का लागि जुनियर एनटिआरलाई दिईयो २० करोड पारिश्रमिक !


एजेन्सी, २४ माघ । तेलेगु टेलिभिजन इतिहासमा सर्वाधिक महँगो शो ‘विग बोस’ को तेस्रो संस्करणका लागी अभिनेता जुनियर एनटिआरले २० करोड भारू पारिश्रमिक पाउने भएका छन् ।

पहिलो संस्करणमा प्रति एपिसोड ३५ लाख भारू लिएका एनटिआरले तेस्रो संस्करणमा भने २० करोड भारूमा सहमति जनाएका हुन् ।

भारतिय संचारमाध्यमका अनुसार एनटिआरले तेस्रो संस्करणका लागि सो रकममा काम गर्न सहमति जनाएको लेखेका छन् ।

पहिलो संस्करणमा उनले लिएको त्यो पारिश्रमिक तेलेगु टेलिभिजन इतिहासमा कुनै पनि कलाकारलाई दिइएको सर्वाधिक पारिश्रमिक हो भनेर दावी गरिएको छ । उनले सो पारिश्रमिक लिदैं नागार्जुना र चिरञ्जिबीको कीर्तिमानलाई पछाडी पारेका थिए ।

हाल एनटिआर एसएस राजामौलीको ‘आरआरआर’ सिनेमा र शोको सुटिङ तालिका मिलाउने प्रयासमा लागेका छन् । एनटिआरले राजामौलीका लागि २०० दिन छुट्याएका छन् । कार्यक्रम र सिनेमा सुटिङ्को तालिका नमिलेमा उनले शो छाड्न सक्ने चर्चा पनि छ ।

उनले छाडेको खण्डमा सो कार्यक्रमलाई दोश्रो सिजन चलाएका अर्का अभिनेता नानीले संचालन गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement