कृष्ण र रुपाको अनुरोध : ‘हामीलाई सहयोग पुगिसक्यो अब नगर्नुस, कसैले हाम्रो लागि रकम जम्मा गर्नुभएको छ भने हामी जस्तै पिडितलाई गर्नुहोला’


एजेन्सी, २४ माघ । पछिल्लो समय निकै चर्चामा रहेका जोडी हुन् कृष्ण ओली र रुपा पुलामी मगर । करेण्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीका लागी विभिन्न मिडियाले सहयोग अभियान चलाएका थिए । पैसा अभावका कारण कृष्णको उपचारमा समस्या भएपछि उनीहरुले सहयोगको अपिल गरेका थिए । उनिहरुको अपिललाई सबैले मनै देखि मनन गरे र सहयोग पनि गरेका छन् ।

देश विदेशबाट धेरै आर्थिक सहयोग पाएपछि अब उनीहरुले सहयोग नगर्न अनुरोध गरेका छन् । केहि दिन अघि मात्र कृष्ण ओलीले कृतिम खुट्टा लगाएका थिए । एक अन्तर्वार्ताको क्रममा उनले भने ‘हामीलाई अमेरिका युएस बाट ७० – ७२ लाख आउंदै छ । उक्त रकम आएपछि हामीलाई उपचार खर्च पुग्छ त्यसैले हामी यो अभियान बन्द गर्न चाहन्छौं ।’

यस भन्दा अगाडी १ करोड ४८ लाख जम्मा भएको पनि रुपाले जानकारी गराइन् । ‘कसैले अझै पनि रकम जम्मा गर्नु भएको छ भने हामी जस्तै पिडितलाई सहयोग गर्न सक्नुहुन्छ’ उनीहरुले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement