यसकारण आज देशभरका शैक्षिक संस्था बन्द !


काठमाडौं, २४ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज (बिहीबार) देशभरका शैक्षिक संस्थामा पठनपाठन ठप्प पारेको छ ।

बुधबार राति अखिल क्रान्तिकारीले विज्ञप्ति निकालेकै भरमा निजी शैक्षिक संस्थाहरूले बिहीबार विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

आफ्ना विद्यार्थी नेताहरू पक्राउ परेको र उनीहरूको रिहाइको माग राख्दै अखिल क्रान्तिकारीले शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन् ।

राजनीतिक मुद्दामा विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको भन्दै लाखौं अभिभावकले विप्लव नेतृत्वको विद्यार्थी संगठनको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement