एक साताअघि परेको हिउँ पग्लन नपाउँदै बाजुरामा पुनः हिमपात, जनजीवन थप कष्टकर


बाजुरा, २४ माघ । एकसाता अघि परेको हिउँ राम्ररी पग्लन नपाउँदै हिमपात बाजुरामा फेरी भारी हिमपात भएको छ ।

केहि दिन अगाद्देखी घाम लाग्न थालेपनि बुधबारबाट फेरि हिमपात शुरु भएको हो ।

हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ ।

बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ । हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताउनुभयो ।

बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएकोे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement