जन्ती बोकेर टिपर सिन्धुलीमा दुर्घटना : २ को मृत्यु , ३९ घाईते !


सिन्धुली, २४ माघ । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ३९ जना घाइृते भएका छन् ।

रामेछापको कडोरेबाट जन्ती लिएर काभ्रे आउँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीमा दुर्घटना भएको हो ।

बुधबार बेलुका रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको उक्त टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा दुर्घटना भएको सिन्धुलीका एसपी चन्द्र बहादुर सिँहले बताए ।

ज्यान गुमाउनेहरुमा तिमाल–९, की २२ वर्षीया कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका अन्य १० जना घाईतेहरुलाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा ल्याईएको छ भने अरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको एसपी सिँहले बताए ।

प्रहरीले टिपर चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement