यो हो भ्रष्टाचार शुन्य रहेकाे गाँउ लिमि, जहाँ योजना संचालन गर्नलाई उपभोक्ता समिति गठन गर्न मान्छे पाइदैन !


काठमाडौँ , २४ माघ । कुनै गाउँ -ठाउँमा कुनै पनि योजना संचालन गर्नको लागि उपभोक्ता समितिमा बस्न तँछाडमछाड गरेको बेला हुम्लाको नाम्खा गाउँपालिका -६ लिमिमा भने समितिमा बस्न कोहि पनि इच्छुक नभएको खबर आजको राजधानी दैनिकले छापेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका -६ लिमी भ्रष्टाचार शून्य गाउँको रुपमा चिनिएको छ । भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै पनि योजना सञ्चालन गर्दा स्थानीय उपभोक्ता समितिमा बस्न नमानेका हुन् ।

यसरी उपभोक्ता समितिमा बस्न नमानेपछि स्थानीयलाई घरको पालो लगाएर अनिवार्य रूपमा समितिमा बसाल्ने व्यवस्था गरिएको स्थानीय पाल्जोर तामाङले बताए ।

विकास निर्माणका कुनै पनि कार्य गर्दा गाउँमा एक रुपैयाँको पनि अनियमितता नहुने गरेको तामाङको दाबी छ । धार्मिक तथा सामाजिक मान्यता र विकासमा सबैको अपनत्व र सहभागिताले यस गाउँमा रकम हिनामिना नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement