काठमाडौं आउँदै गरेको बसको ठक्करबाट कुरिनघाटमा मोटरसाईकल चालकको मृत्यु


मुग्लिन, २४ माघ । चितवनको कुरिनटारमा बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापा रहेको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement