‘को बन्छ करोडपति’ सुरु, हेर्नुहोस पहिलो एपिसोड (भिडियो)


काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि अ मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’को पहिलो चरण सुरु भएको छ। नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रमको पहिलो एपिसोड शनिबार एपीवान एचडीबाट प्रसारण भयो।

कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्। अनि सुरु हुन्छ कोबन्छ करोडपतिको गेम पहिलो प्रश्न मिलाए बापत एक हजार जित्नेछन भने दोस्रो प्रश्नको दुई हजार तेस्रो प्रश्नको तीन हजार र चौथो प्रश्नको जवाफ लिए पाच हजार जित्ने छन् ।

पहिलो एपिसोड हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस
Advertisement