‘अस्पताल विस्तार गर्न दाताको सहयोग आवश्यक’


भक्तपुर, २३ माघ। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्र यादवले दाताको सहयोगबिना संविधानले गरेको व्यवस्थाअनुसार ७५३ वटै स्थानीय तहमा १५ श्ययाको अस्पताल पु¥याउन नसकिने बताउनुभएको छ ।

आज भक्तपुर अस्पतालको पुरानो भवनको रेक्टोफिटिङ तथा नयाँ भवन निर्माणको शुभारम्भ गर्दै उहाँले संविधानले जनताको आधारभूत स्वास्थ्य सेवा पूरा गर्न देशभरका सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल पु¥याउने व्यवस्था गरेको भए पनि मानव स्रोत र भौतिक संरचनाको अभावमा त्यो तत्काल सम्भवन नहुने देखिएको बताउनुभयो ।

देशका १०९ स्थानीय तहमा मात्रै १५ श्ययासम्मको अस्पताल भएका र ६४४ मा अझै नभएको बताउँदै राज्यमन्त्री यादवले भन्नुभयो, “१५ श्ययाको अस्पताल स्थापना गर्न सरकारले चिकित्सकसहितको मानव स्रोत साधनको व्यवस्थालाई जसरी पनि पूरा गर्न सक्ला तर आवश्यक भौतिक संरचना भने दाताको सहयोग नभई पूरा हँुदैन ।”

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भक्तपुर अस्पताललाई वीरअस्पतालको विकल्पको अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । बेलायती विकास नियोगको कूल रु ३२ करोडको लागतमा भक्तपुर अस्पतालको भवनको रेक्टोफिटिङ र नयाँ भवन निर्माण शुरु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement