विधेयक पारित, तीन प्रतिवेदन पेश


काठमाडौँ, २३ माघ। प्रतिनिधिसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पेश गर्नुभएको थियो । त्यसअघि उक्त विधेयकमा सम्बन्धमा परेका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

यस्तै आजको बैठकमा न्याय क्षेत्रसँग सम्बन्धित तीन वार्षिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन, २०७४÷७५’, ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७४÷७५’ र ‘लोक सेवा आयोगको उनन्साठिऔँ वार्षिक प्रतिवेदन, २०७४÷७५’ पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २५ गते बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement