अचानक आएको पहिरोले भेडी गोठ पुरिदा दर्जनौ भेडा मारीए


बझाङ, २३ माघ । अचानक आएको पहिरोले भेडी गोठ पुरिदा दर्जनौ भेडा मारीएका छन । सुर्मा गाँउपालिका वडा नम्बर १ का दानु बोहराको भेडी गोठ आइतबार गएको पहिरोले पुरेको हो । उनका अनुसार पहिरोले पुरिदा कम्तिमा २३ भेडा मरेका छन ।

हिउदे वर्षा र हिमपात भएका कारण माटो गलेर अचानक जमिन भासिएर पहिरो गएको थियो । लाखौ रुपैया मुल्यको भेडाहरु मरेपछि दानु बोहरा निकै दुखि बनेका छन । उनको आर्थिक स्थिति पनि कम्जोर भएको कारण साहुको ऋणबाट उक्त भेडा खरिद गरेर ब्यबसाय गर्दै थिए । तर अब भेडा नै नरहेपछि ऋण कसरी तिर्ने भनेर निक्कै चिन्तित छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement