चर्चित कलाकारले भरिएको गीत ‘बुट्टे रुमाल’ले छोटो समयमै कमायो लाखौँ दर्शक ! (भिडियोसहित)


काठमाडौं, २३ माघ । पाँच दिन आगाडी मात्रै युट्यूबमा अपलोड गरिएको गीत ‘बुट्टे रुमाल’ निकै चर्चित बनेको छ ।

चर्चित लोक गायक विमलराज क्षेत्री र गायिका अञ्जु पन्तको आवाजमा रहेको गीतको शब्द तथा संगीत गीतकार तथा संगीतकार एकनारायण भण्डारीले गरेका हुन् ।

लोकलय र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्यूजिक भिडियोमा प्रस्तुत गरिएको डान्सले थप चर्चा बटुलेको छ । नायिका प्रियंका कार्की र गम्भीर विष्टले गीतमा दमदार प्रस्तुती दिएका छन् ।

‘सुपारी चाम्रो–२’का रुपमा ल्याइएको गीतमा रुमाल चिनो साटासाट गर्ने पुरानो चलनलाई उजागर गर्न खोजिएको छ ।

गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन ।

यो समाचार तयार पार्दासम्म गीतलाई ३ लाख ४२ हजार पटक हेरिएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement