जता जाँदा पनि खल्तीमा हनुमानजीको सानो मूर्ति बोकेर किन हिड्छन् पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा ? खास रहस्य यस्तो रहेछ !


एजेन्सी, २३ माघ । नेपालका हिन्दु धर्मावलम्बीले मान्ने भगवान हनुमानजीलाई अमेरिकामा पनि उत्तिकै मान्ने र सम्मान गरिने बुझिएको छ । अमेरिका जस्तो बिकसित राष्ट्रका पुर्व राष्टपति बाराक ओबामा समेत हनुमान जीको निकै ठुलो भक्त रहेको खुलेको छ । यहाँ सम्म कि उनी सधैँ जहाँ जाँदा पनि आफ्नो खल्तीमा भगवान हनुमानजीको सानो मूर्ति बोकेर हिड्ने गर्दछन ।

एक अन्तर्वार्तामा पत्रकारले उनलाई तपाईले आफ्नो खल्तीमा के-के राख्नुहुन्छ भनेर सोधेका थिए ।त्यसपछि उनले तत्काल आफ्नो खल्तीमा भएका सम्पूर्ण सामानहरु बाहिर निकालेर देखाएका थिए । सन् २०१६ को यो घटनले विश्वलाई नै आश्चर्यचकित बनाएको दावी गरिएको छ ।

आफ्नो खल्तीबाट सामानहरु निकाल्ने क्रममा उनले बजरंगबलीको मूर्ति पनि निकालेका थिए । थकित या तनाव महसुस हुने बित्तिकै आफूले हनुमानजीलाई मद्दत माग्ने गरेको कुरा उनले स्पष्ट बताए । उनी यसबाट सकारात्मक उर्जा प्राप्त हुने विश्वास गर्छन । यद्यपि यो अन्धविश्वासी र रुढिवादी सोच नभएको जिकिर गरेका छन् ।

उनले खल्तीबाट क्याथोलिक चर्चका धर्म गुरु पोप फ्रान्सिसबाट उपहार स्वरूप प्राप्त मोतीको माला, बौद्ध भिक्षुले दिएका गौतम बुद्धको मूर्ति पनि निकालेका थिए । र अन्त्यमा उनले हिन्दुहरुको पूज्य देवता हनुमान जीको मूर्ति निकालेका थिए । अन्तर्वार्ताको क्रममा ओबामाले भने म त्यति धेरै अन्धविश्वासी छुइन तर पनि म यी मूर्तिहरुलाई आफ्नो साथमा राख्न रुचाउँछु ।

उनले भने, “जब म थकित वा विचलित महसुस गर्छु तब म आफ्नो गोजीमा हात राखी भगवानको यस समस्याको छिट्टै हल हुने विश्वासको साथ मनमनै प्रार्थना गर्छु ।” उक्त हनुमानजीको मूर्ति एक भारतीय महिलाबाट पाएको उनले बताए । यो गोल्ड प्लेटेड हनुमानजीको मूर्ति अमेरिकामा बसोबास गर्दै आएकी भारतीय समुदायकी एक महिलाले ओबामाको सफलताको कामना गर्दै उपहार स्वरूप दिएकी थिईन । र उनले अन्त्यमा सबै धर्मलाई उत्तिकै सम्मान गर्ने आशय व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement