रुसले जमिनबाट जमिनमै हान्नसक्ने नयाँ मिसाइल प्रणाली निर्माण गर्दै !


काठमाडौँ, २३ माघ । रुसले नयाँ मिसाइल प्रणाली निर्माण गर्ने घोषणा गरेको छ ।

शीतयुद्धका बेला अमेरिकासँग गरिएको आइएनएफ सन्धीबाट अमेरिका बाहिरिएपछि रुसले यस्तो घोषणा गरेको हो ।

जमिनबाट जमिनमै मार हान्ने नयाँ मिसाइल दुई वर्षभित्र बनाइ सक्ने रुसको दावी छ ।

रक्षामन्त्री सर्गेइ सोयगूका अनुसार रुससँग मिसाइल भएको र त्यसलाई नयाँ प्रणालीका रुपमा विकसित गरिनेछ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफ्नो रक्षा मन्त्रालयलाई सोही अनुसारको काम गर्न निर्देशन दिएका छन् ।

शीत युद्धका क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई परमाणु निसस्त्रीकरणमा ठूलो झट्का मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement