विदेशबाट पैसा आउने छ ? थाहा पाउनुहोस् आजको रेट कति छ (सुचिसहित)


काठमाडौँ, २३ माघ । आज बुधबार नेपालि बजारमा अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ २० पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ८० पैसा रहेको छ । हिजो मंगलबार डलरको भाउ ११४ रुपैयाँ ५९ पैसा रहेको थियो ।

त्यसैगरी, साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ५ पैसा छ । त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ३१ पैसा छ । हिजो सोमबार युके पाउडको मूल्य १४९ रुपैयाँ रहेको थियो ।

त्यस्तै दक्षिण कोरियन वनको १०० को खरिददर १० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तल हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement