रोकिएन टिपर आतंक : टिपरको ठक्कर बाट एकको मृत्यु, अर्का गम्भीर


काठमाडौं, २३ माघ । टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार राति कागेश्वरी मनोहरा नगरपालिकाको खहरेखोलामा बा ५ ख ८०८४ नम्बरको टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक जुगलका २० वर्षीय श्याम विकको मृत्यु भएको हो ।

बा ५४ प ७२७९ नम्बरको मोटरसाइकल चलाइरहेका विकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो भने पछाडि सवार निशान विक घाइते भएका छन् ।

उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ । श्यामको राति २ बजे मृत्यु भएको हो । टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement