त्रिभुवन विमानस्थलमा प्रवासीको झिटीझ्याम्टा माथि सरकारको कुदृष्टिबारे बोले रबि लामिछाने


  • रबि लामिछाने

काठमाडौँ । विडम्बना रेमिट्यान्सले चलेको देशमा ति प्रवासी माथि यति धेरै कडाई ? सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कडाई गरेको छ । योसँगै विदेशबाट रगत पसिना बगाएर कमाएका नेपालीले ल्याएको सामानहरु २ करोड भन्दा बढी मुल्यमा लिलामीका लागि सुचना निकालेको छ ।


विदेशमा दुख गरेर आफ्नो परिवार, आफन्तका लागि २/४ वटा सामान ल्याउन बढी लचकता देखाएर अन्य यात्रुलाई भन्दा वैदेशिक रोजगारीमा गएका नेपालीलाई भरपुर सुविधा दिनु त कहाँ हो कहाँ उल्टो तिनैलाई कडाई गर्नुपर्ने कारण के आइलाग्या होला ?

देशको नियम कानुन नमान्ने भन्ने होइन त नियम सुहाउँदो हुनु प¥यो । तिनै दाजुभाई दिदी-बहिनीका पसिनाबाट आएको रेमिट्यान्स चाँही प्रिय हुने अनि तिनले ल्याएका २/४ पोका सामानमा के आँखा गाडेको होला भन्सारले । क्वीन्टलका क्वीन्टल सुन छिर्दा नदेख्ने भन्सार गरीब नेपालीले ल्याएको एक टुक्रो सुनमा आँखा गाड्दै छ, के यो सुहायो ?


प्रतिक्रिया दिनुहोस
Advertisement