गाईले भैंसीको पाडो ब्याएपछि दुनिया चकित, हेर्ने मानिसको लाग्यो भिड ! (फोटो सहित)


एजेन्सी, २२ माघ । भारतमा एक गाईले भैंसीको पाडो ब्याएपछि दुनिया चकित भएका छन् ।

भारतको उत्तर प्रदेश प्रान्त स्थित उन्नाव जिल्लाको बारासगवर बीघापुर तहसील क्षेत्रमा गाईले पाडो ब्याएको हो ।

यसरी गाईले पाडो ब्याएपछि गाईको बच्चालाई हेर्नको लागि अहिले भारतीयहरु निकै आतुर रहेका छन् ।

धानीखेडामा लाग्ने पशु बजारमा एक पशुपालक आफ्नो गाईसँगै भैंसीको पाडोलाई लिएर बेच्न गए । त्यहाँ मानिसले गाईसँग भैंसीको पाडोलाई देखे पछि उत्सुकतासाथ यसबारेमा उनलाई सोध्दा त्यो पाडो गाईको नै भएको दाबी गरे । अगाडी त मानिसहरुले उनको कुरामा विश्वास नै गरेनन् तर जब गाईले भैंसीको पाडो जस्तै देखिने आफ्नो बच्चाप्रति माया दर्शाउँदै चाट्न थाल्यो तब मानिस यो कुरा पत्याउन बाध्य भए ।

यद्यपि पशु चिकित्साधिकारीले यस कुरालाई असम्भव भनेका छन् । पशुपालकले बताए अनुसार पशु चिकित्सकले वीर्य हालेपछि गाईले गर्भधारण गरेको थियो ।

गलत वीर्यको कारण गाईले भैंसीको पाडो जन्माएको आशंका गरिएको छ । तर मुख्य पशु चिकित्सकले यस्तो कुरा वैज्ञानिक रुपबाट सम्भव नरहेको बताएका छन् ।

उनले भारतीय सञ्चार माध्यमलाई बताएअनुसार हरेक जनावरको जिन अलग हुन्छ । शायद हुन् सक्छ गाईको बाच्छो जन्मनेबित्तिकै मर्यो र त्यसै बेला पशुपालकले भैंसीको बच्चालाई गाईको अगाडी राखिदिएका पनि हुन् सक्छ । त्यसपछि गाईले भैंसीको पाडोलाई नै आफ्नो बच्चा सोच्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement