चैत्र १ मा रिलिज हुने फिल्म ‘पुरानो बुलेट’ को पोस्टर सार्वजनिक, गाउँले भेषमा यस्ती देखिइन् बर्षा


काठमाडौँ , २२ माघ । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ को तीन पोस्टर सार्वजनिक गरिएको छ ।

राजधानीमा एक कार्यक्रमकाबीच आज चलचित्र ‘पुरानो बुलेट’ को तीन पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा अभिनेता अनुप विक्रम शाही ,अभिनेत्रि बर्षा शिवाकोटी र माला लिम्बुलाई देखाइएको छ । सार्वजनिक पोस्टरमा शिवाकोटीलाई गाउँले भेषमा र लिम्बुलाई बोल्डमा देखाइएको छ ।

कथा तथा पटकथा र निर्देशन भीषण र सन्तोष राईको रहेको छ ।

उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश गरिएको फिल्ममा छायांकन भने हरि घले लामाले गरेका हुन् ।

सम्पादन अर्जुन जिसीले गरेकाे फिल्ममा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ । दिपेन्द्र लिम्बु, अशोककुमार राई लगाएतका निर्माता रहेका छन् ।

फिल्ममा अनुप, बर्षा र मालाको साथै कृष्णभक्त महर्जन, कविता आले, शिरोमणी दवाडी, लगायतका कलाकारहको अभिनय छ । फिल्म चैत १ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement