रबि ओडको विरुद्द केहि नगरेको भन्दै लोकदोहोरी प्रतिष्ठानबाटै अलग्गिए बसन्त थापा, गरे यस्तो दुइ संकल्प


काठमाडौं । संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका छन्। उनले नेपाल आइडल रवि ओडले ‘सालको पात टपरी’ बोलको गीत आफ्नो अनुमति बिना गएको तथा गित नै विगारेको भन्दै असन्तुष्टि जनाएका थिए।

बसन्त थापाले आफ्नो फेसबुकमा आफ्नो दुइ संकल्प यसरी राखेकाछन :

”मेरा दुई संकल्प ..

१. लोक गित को सर्जकलाई पल पल आक्रमण भईरहदाँ मौलिकता माथि प्रहार भै रहदा प्रतिष्ठा माथि गालि बर्षिदा पनि टुलुटुलु हेरिरहने हरू म मर्दा मलामी जान्छन भन्ने कुरामा विश्वास गर्न सकिन त्यसैले आजैको मितिले राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानमा आफु नरहेको जानकारी गराउन चाहन्छु ।

२. यस्तो सृजना गर्न मन छ जसमा आवाज रवि ओडको होस् र माया करोडको होस् गाली गर्ने हरू लाई बारबार पश्चताप होस् ।

आदरणीय दाजु को यो निर्णय दाजु ले सोचेर नै गर्नु भएको छ किन कि मैले बुझे अनुसार म नजिक को फेम्लि भाइ को नाता ले दाजि हरेक कुरा गर्दा धेरै सोचेर नै गर्नु हुन्छ दाजु दुखित हुदा अबस्य म धेरै दुखि छु सामाजिक सन्जाल मा नबुझि news को टाइटल अनुसार गित सङित नै बिर्सेर गालि गर्दा अति मन दुखेको छ दाजु को निर्णय प्रति मेरो सहमत किन दाइ दाइ नै सधै भरि ।”

०००

यो पनि पढ्नुहोस :

अन्तत नेपाल आइडल रबि ओडले दिए बसन्त थापालाई जवाफ

काठमाडौं, २२ माघ ।  नेपाल आइडल रवि ओड सर्जकको गित बिना अनुमति गएको भन्दै अहिले विवादित बनेका छन । अस्ट्रेलियाको कार्यक्रममा ‘सालको पात टपरी’ हुने बोलको गीत सर्जकको नाम गएको भन्दै उनि बिबादमा आएका हुन् । जुन गीतका संगीतकार बसन्त थापाले आपत्ति जनाएका छन् । रबि प्रति विभिन्न आरोप लागेपछि अन्तत रबि ओडले त्यसको जवाफ दिएका छन । रबि ओडको जवाफ जस्ताको त्यस्तै हेर्नुहोस :

‘नमस्ते सबै महानुभावहरुमा !!!

म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन !

दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म वहाहरुको साथ मा रम्न यात्रामा छु, आफु कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैले/हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो, दर्शक श्रोताहरु माझ पर्फ़म गरिरहदा कोहि बेला यस्तो माग वा परिश्थिति आउदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाइ गुनगुनाइ दिनुपर्ने अनुरोध आउछ, “सालको पातको टपरी” मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो, अहिले जन जनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पुरा र राम्ररी आउदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिए कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु !

अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत “ सालको पातको टपरी” लाइ बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु, अनि आदरणीय सर्जकज्युहरुबाट संधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु !

अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाइ यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदय देखि सम्मान गर्दै धन्यबाद ज्ञापन गर्न चाहन्छु, केहि उठेका बिषयमा सम्मानपुर्वक आफ्नो भावना राख्न पाइन्छ।

तपाइँ को उहीँ Rabi Oad

जय गीति जय संगीत’

प्रतिक्रिया दिनुहोस
Advertisement