सञ्चार सहकारीको साधारणसभा सम्पन्न


विराटनगर, २२ माघ । सञ्चार सहकारी संस्थाको साताँै साधारणसभा बचतकर्ता तथा ऋणीलाई सम्मान गर्दै आज यहाँ सम्पन्न भएको छ ।

सभामा उत्कृष्ट ऋणीतर्फ टीकाराम भुजेल, असल बचतकर्ताबाट रोशनकुमार बुढाथोकी र कुमोद अधिकारीलाई सम्मान गरिएको छ ।

सहकारीका अध्यक्ष मोहन भण्डारी, महासङ्घ मोरङका सभापति बन्धु पोखरेल र समाजसेवी दीनबन्धु गोयलले वर्तमान अवसस्थामा सहकारीले ग्रामीण क्षेत्रका जनताको आर्थिक उन्नतिका कार्य गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा मोरङ जिल्लाका क्रियाशील १०१ जना सञ्चारकर्मी सदस्य रहेका छन् । प्रदेशसभा सदस्य जयराम यादवले सहकारीलाई एक थान रङ्गीन प्रिन्टर दिने घोषणा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement