ल्होछार मनाउन साइप्रस पुगेका बुद्ध लामालाई प्रेम प्रस्ताव राख्ने युवातीको ओइरो !


काठमाडौं, २२ माघ । २८५५ औँ सोनाम ल्होछारको अवसरमा साइप्रसमा आयोजना गरिएको ’ल्होछार धमाका २०१९’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ साईप्रसको आयोजनामा आइतबार लिमासोल स्थित नियो फिस्टा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत डा. रामजीवन पंजियारले सोनाम ल्होछारको शुभकामना दिदँै नेपालीहरु एक आपसमा सहयोगी बन्नु पर्नेमा जोड दिए । पछिल्लो समय विदेशमा नेपालीको संख्या बढ्दै गएको अवस्थामा विभिन्न किसिमको प्रलोभनमा ठगीनु परेको जानकारी आएकोले सचेत रही नेपाली नियोग र संघसस्थाको सहयोग लिन पनि उनले आग्रह गरे ।

घेदुङ अध्यक्ष साङ्मु थोकरको सभापतित्वमा संचालित कार्यक्रममा विशेष अतिथि एनआरएन साइप्रसका अध्यक्ष सुवास मल्ल थिए भने विभिन्न नेपाली संघसस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति थियो । घेदुङकी उपाध्यक्ष सबिता घिसिङले शुभकामना व्यक्त गर्दै स्वागत मन्तव्य राखेकी थिइन ।

कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामा पनि उपस्थित थिए । उनले दिएकोे सांगीतिक प्रस्तुतिले माहोल निकै तातेको थियो । उनले ‘ओइ झुमा झुम्का वाली’ , ‘अरे क्यानम’, ‘के भन्ने हाम्रो समय’, ‘रातो टिका निधारमा’, ’सानी नरिसाउन’ लगायतका चर्चित गीत गाए ।

‘सानी नारिसाउन’ गाउँदा दर्सकको “वान्स मोर’’ ले कार्यक्रम स्थल नै गुन्जायमान भयो । दर्शकको भिड बाट ‘आइ लभ यु बुद्द ’ भनेर प्रेम प्रस्ताव राख्ने युवतीको ठुलै जमात देखियो ।

म्हेन्दोमाया र सेलो गायक सुमन घलेको प्रस्तुति पनि निकै दमदार रह्यो । उनले दर्सकलाई स्टेजमै उतार्न सफल भए । अतिथि कलाकारद्वय बुद्ध लामा र सुमन घलेलाई सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो ।

कार्यक्रमलाई लक्ष्मी ब्लोन सचिव सुनिला दोङ तामाङले संचालन गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस
Advertisement