भ्यालेन्टाइन डेमा यी युवाले सबै ‘सिंगल’हरुलाई सित्तैमा चिया बाँडने !


काठमाडौं, २२ माघ । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस आउन अब लगभग एक साता मात्रै बाँकी छ । यस दिन प्रेमी प्रेमिकाले एक अर्काको साथमा क्वालिटी टाइम बिताउने गर्दछन् । तर जोडी नहुनेहरुको लागि भने यस दिनले खासै महत्व राख्दैन ।

यहिँ दिन एक युवाले भने सिंगल जत्तिलाई सित्तैमा चिया बाँड्ने घोषणा गरेका छन् । भारत अहमदाबादका प्रफुल बिलोरले सबै सिंगललाई सित्तैमा चिया बाँड्ने घोषणा गरेका हुन् ।

उनले एमबीए चायवाला नामको चिसा पसल संचालन गर्दै आएका छन् । प्रफुल लगायत उनका ग्रुपले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ,‘फ्रि चाय फर सिंगल्स ।’

उक्त फेसबुक पेजमा लेखिएको छ – ‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’ यसबारे जानकारी दिँदै संस्थापक भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ र ? सिंगललाई पनि पुल्पुल्याउन आवश्यक छ । त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’

भ्यालेन्टाइन्स डेमा बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म चिया बाँडिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement