रातभर दोहोरो झडप : १० सैनिक र ८ लडाकुको मृत्यु !


काबुल, २२ माघ । अफगानिस्तानमा तालिबान लडाकू र सेनाबीच भएको भिडन्तमा कम्तीमा १० अफगान सैनिकको मृत्यु भएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार रातभर दोहरो झडप हुँदा १० अफगान सैनिकसहित आठ जना तालिबान लडाकुको समेत ज्यान गएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरतर्फको इलाकामा उक्त झडप भएको थियो ।

सन् २०१४ को अन्त्यमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्ध सैनिकहरु अफगानिस्तानमा प्रत्यक्ष सहभागी हुन छोडेपछि त्यहाँ सुरक्षाकर्मीको हताहतीको सङ्ख्यामा बृद्धि भएको पाइन्छ ।

अफगान सेनाले देशभर जारी राखेको कारबाहीको क्रममा तालिबान, इस्लामिक स्टेट्सलगायतका लडाकूहरु हताहत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement