साढे ३३ किलो सुन तस्करी काण्ड: युएईमा जागिर छाडेर सुन पठाउने खड्का पक्राउ


काठमाडौं,२२ माघ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा यूएईमा एक जना पक्राउ परेका छन् ।

काभ्रे घर भएका ४० वर्षीय हरि खड्कालाई यूएईमा प्रहरीले पक्राउ गरेको हो। उनि बिगत एक दशकदेखि यूएईमै बस्दै आएका थिए । उनि काम छाडेर युएईबाट अनुसन्धानकर्ताहरु बताउछन् ।

खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । मुख्य अभियुक्त भनिएका उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परिसकेका छन् । त्यस्तै, बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement