बलिउड अभिनेत्री तथा निर्देशक कंगना भन्छिन् – ‘बलिउड छोटा मानिसहरूले भरिएको छ !’


एजेन्सी, २२ माघ । बलिउड चलचित्र ‘मणिकर्णिका’ले बलिउड बक्स अफिसमा सय करोडको कमाइ गरिसकेको छ ।

अगाडिका जति पनि चलेका सिनेमाहरु थिए, ती सबैलाई पछार्दै ‘मणिकर्णिका’ले यत्तिका कमाइ गरेको हो ।

‘मणिकर्णिका’को सफलतासँगै बलिउडकी बोल्ड अभिनेत्री कंगनाले निर्देशकिय डेब्यूमै सफल सिनेमा दिने निर्देशकको परिचय थपेकी छन् ।

सिनेमाको सफलताले वक्सअफिसकी रानी भनेर पाएको पदवी पुन: आफ्नो शिरमा ल्याएकी छन् ।

उनै कंगना भारतको राजधानी नयाँ दिल्लीमा भएको एक कार्यक्रममा सिनेउद्योगमा रहेको असहिष्णुपना र खुट्टा तान्ने प्रवृत्तिका बारेमा राम्रै गरी खुलिन् ।

सिनेमा रिलिज अघि उनलाई दिइएको दु:ख र सिनेमा तयार गर्दा सम्मका संघर्षका बारेमा उनले थुप्रै खुलासा गरिन जसको प्रतिक्षा उनका प्रशंसकहरूलाई थियो । उनले सिनेमा उद्योगमा मोर्चाबन्दी हुने गरेको र उद्योग सस्ता मानिसहरूले भरिएको प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement