नर्मल डेलिभरीको लागी गर्भवर्ती महिलाले यी कुराहरु गर्नुस् !


काठमाडौं, २२ माघ । पछिल्लो समय नर्मल भन्दा सिजेरियन डेलिभरी गराउनेको संख्या बढ्दो रुपमा देखिएको छ । सबै गर्भवती महिलाले सकेसम्म नर्मल नै डेलिभरी हुन चाहान्छन् तर पनि विवध स्वास्थ्य समस्याको कारणले सिजर गर्नु पर्ने हुन्छ । सिजेरियनबाट जन्मेको बच्चा नर्मल जस्तो स्वस्थ पनि हुँदैन ।

नर्मल डेलिभरी हुन नसक्नुको पछाडी उचित खानपानमा ध्यान नदिनु, गर्भवर्ती महिलाको स्वस्थमा समस्या देखापर्नु, गर्भवस्थामा तनाव लिनु, दिनचर्या सहि तरिकाले अगाडी नबढ्नु जस्ता कारणहरु रहेका छन् ।

नर्मल डेलिवरी हुनको लागी महिलाले गर्भवस्थामा विशेष ध्यान दिनुपर्छ । कसरी नर्मल स्वस्थ डेलिवरी हुन सकिन्छ त ? तलका बुँदाहरु हेर्नुहोस् :

१.सन्तुलित भोजन

जब गर्भवती महिला स्वस्थ हुन्छिन्, तब मात्र बच्चा स्वस्थ रहन्छ । नर्मल रुपमा डेलिवरी हुनको लागी आमा र बच्चा दुवै स्वस्थ हुन जरुरी छ । जसको लागी गर्भवस्थामा पोष्टिक र सन्तुलित आहारको सेवन गनुपर्दछ, यस्तो अवस्थामा एकै प्रकारका खानेकुरा नखाई रुटिङ बनाएर सन्तुलित र फरक फरक भोजन गर्नुपर्दछ ।

२. रगतको कमी

महिला डेलिवरी हुदाँ पिडाको साथमा रगतको कमी हुने सम्भावना एकदमै धेरै रहेको हुन्छ । यसको लागी गर्भवस्थामा रगत बढाउने खानेकुराको सेवन गर्नुपर्दछ, त्यस्तै समय समयमा ब्लड टेस्ट गरी चिकित्सकको सल्लाह लिई त्यसै अनुसारको आहार लिनेपर्ने हुन्छ । डिलीवरी हुदाँ ३०० एमएलदेखि ४०० एमएल सम्म महिलाको शरीरबाट रगत बग्ने कारणले महिलाको शरीरमा आइरन वा क्याल्सियमको हुन्छ, त्यसैले डाइटमा क्याल्सियम र आइरनयुक्त खानेकुरा सामेल गर्नेपर्दछ ।

३. शारीरिक व्यायम

नर्मल डेलिवरी हुनको लागी शारीरिक रुपमा एक्टिभ हुन जरुरी छ जसको लागी व्यायमको पनि जरुरत पर्दछ । महिलाले गर्भवस्थामा हल्लाका बिहान र बेलुका व्यायम गरेमा डेलिवरी हुनमा सजिलो हुन्छ ।

४.निन्द्रा

निन्द्रा शरीरको लागी निकै महत्वपर्ण चिज हो । करिब एक दिन निन्द्रा लिएन भने ३ दिनको भोजन नलिंदाको असर देखापर्दछ । गर्भवर्ती महिलाले दैनिक ६ देखि ८ घण्टाको निन्द्रा लिनैपर्ने हुन्छ । शरीरमा हल्का माशिल गरेर निन्द्रा लिएमा निन्द्रा राम्ररी लाग्दछ ।

५.तनाव

तनाव लिने मानिसको स्वस्थ्य स्थितीमा एकदमै नकारात्मक असर देखापर्दछ । जसको कारणले गर्दा अप्रेशन गर्नुपर्ने हुन्छ । त्यसैले यस्तो बेलामा तनाव उत्पन्न हुने काम गर्नबाट बच्नुहोस् ।

६.पानी

गर्भवस्थामा खानेकुराको मात्रा बढाउन पनि पानीको मात्रालाई भने अक्सरले बढाएको पाउन सकिएको छैन् । यस्तो बेलामा शरीरमा पानीको कमी पनि भइरहेको हुन्छ, त्यसैले दैनिक ३ देखि ४ लिटर पानी अवश्य पिउनुहोस् ।

७.योगा

गर्भवस्थामा योगासन पनि उत्तिकै महत्वपूर्ण कुरा हो । यसको लागी जिनमे, कोनासन, वक्रासन, पर्वतासन, सुख भद्रासन, हस्त पंगुस्तासन आदि योगासन सामेल गर्न सकिनेछ । यस्तो व्यायम गर्नको लागी भने चिकित्सकको सल्लाह लिनु आवश्यक छ । चिया, कफि, रक्सी, सिगरेट जस्ता कैफिन युक्त खानेकुराबाट भने निकै टाढा बस्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement