शंका लागेर छेक जाँच गर्दा भेटियो पेस्तोल र सात राउण्ड गोली !


धादिङ, २२ माघ । पेस्तोल र सात राउण्ड गोलीसहित धादिङबाट तीन जना पक्राउ परेका छन् ।

उत्तरी धादिङको गंगा–जमुना गाउँपालिका–५ उनीहरु पक्राउ परेका हुन् ।

सोमबार मण्डली माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्काका भरमा उनीहरुमाथि चेकजाँच गरेको थियो । सोही क्रममा उनीहरुको साथबाट चाइनिज पेस्तोल र सात राउण्ड गोली भेट्टिएको हो ।

पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिष थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाएर थप अनुसन्धान गरी कारवाही गरिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement