बिग ब्यासका बाँकी खेल खेल्न सन्दीप युएईबाट सिधै अष्ट्रेलिया पुगे


काठमाडौं, २२ माघ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिगमा बाँकी खेल खेल्न अष्ट्रेलिया पुगेका छन् ।

सन्दिप युएईविरुद्धको तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज सकेर युएईबाट सिधै अष्ट्रेलिया गएका हुन् ।

सन्दीपले बाँकी २ लिग खेल खेल्ने उनको टिम मेलबर्न स्टार्सले जनाएको छ ।

बिग ब्यासमा ४ खेलबाट ८ विकेट लिँदै सनसनी मच्चाएका लामिछानेले आफू खेल छोडेर बिचमै बंगलादेश गए पनि टोलीको अन्तिम लिग म्याच खेल्न पुनः अस्ट्रेलिया आइपुग्ने बताएका थिए ।

जारी बिग ब्यासमा सन्दीपले चार खेलबाट आठ विकेट लिइसकेका छन् । फेब्रुअरी १८ सम्म चल्ने बिग ब्यासमा समूह चरणको अन्तिम खेल फेब्रुअरी १० मा हुनेछ ।

सन्दीपले अब शुक्रबार लिगको १३ औं र आइतबार अन्तिम खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement