युएईलाई पछि पार्दै नेपाल आईसीसी टी–ट्वान्टी बरियताको १४ औं स्थानमा !


काठमाडौं, २२ माघ । नेपालले युएईलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरियतामा १४ औं स्थानमा उक्लिएको छ ।

युएईविरूद्धको ३ खेलको सिरिज जितेसँगै नेपालले यो स्थान हासिल गरेको हो ।

युएईविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिजमा २–१ को जित निकालेको नेपालले आईसीसीको टी ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा युएईलाई पछि पार्दै १४औं स्थानमा पुगेको छ ।

अहिलेसम्म ७ वटा अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलेको नेपालले ३०३ अंक जोड्दै ४३ रेटिङसहित वरियताको १४औं स्थानमा पुगेको हो । यता १६ खेल खेल्दै ६८१ अंक जोडेको युएई रेटिङमा नेपालसँगै ४३ पाउँदा वरियतामा पछि पर्दै १५ औं स्थानमा झरेको छ ।

वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा भारत तथा तेस्रो स्थानमा दक्षिण अफ्रिका छ । त्यसैगरी चौथोमा इंल्याण्ड र पाँचौमा अष्ट्रेलिया छ ।

यस्तै न्यूजिल्याण्ड, वेष्टइण्डिज, अफगानिस्तान, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड, जिम्बाम्बे र नेदरल्याण्ड क्रमशः छैठौंदेखि १३ औं वरियतामा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement