काठमाडौंको भिआइपी एरिया दरबारमार्गमा टिपरले एक जनाको ज्यान लियो !


काठमाडौं, २२ माघ । काठमाडौंको दरबारमार्ग टिपरले फेरी अर्को आतंक मच्याएको छ ।

दरबारमार्गमा सोमबार राति १० बा ४ ख ७९५१ नम्बरको टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उक्त टिपरले प्रदेश ३, ०२ ००३ प ९००६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३२ वर्षीय खुशी गुरुङको मृत्यु भएको हो ।

लमजुङको भोटेओडार स्थायी घर भई हाल ललितपुरको कुमारीपाटीमा बस्दै आएका गुरुङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement