सोनाम ल्होछार अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडाैँ, २२ माघ । आज सोनाम ल्होछार, विविध कार्यक्रम गरी तामाङ समुदायले मनाउँदै छन् । तामाङ समुदायले बौद्ध महायानी धर्मावलम्वीहरुले नयाँ वर्षका रुपमा यो पर्व मनाउँदै आएका छन् ।
तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउने गर्दछन् । ल्होछार मान्ने समुदायले आजबाट कुकुर वर्षको विदाइ गरी सुंगुर वर्षलाई स्वागत गरेका छन् ।
हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष सुँगुर वर्षको स्वागत गरिएको हो ।
नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ । चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ ।
त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् ।
पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।