औषधि खरिदमा मात्रै दैनिक ७ करोड रुपैयाँ बाहिरिदै !
काठमाडौँ , २२ माघ । औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ विदेसिने गरेको छ ।
सरकारले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आएको दाबी गरे पनि आत्मनिर्भर बन्न नसक्दा दैनिक झन्डै ७ करोड रुपैयाँ विदेसिने गरेको हो ।
यस हिसाबले औषधिमा मात्रै वार्षिक झन्डै २५ अर्ब रुपैयाँ बाह्य देशमा पुग्ने गरेको देखिन्छ ।
स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बन्ने सरकारी योजना भए पनि योजनाअनुरुप काम भएको छैन ।
भन्सार विभागका अनुसार नेपालमा भारत, बंगलादेश, चीन, बेल्जियम, जर्मनी, इन्डोनेसियालगायत ५० भन्दा बढी देशबाट औषधि आयात भइरहेको छ । तर, नेपालमा उत्पादन भएका औषधि भने दैनिक ५ करोड ५० लाख रुपैयाँबराबरको थोक मूूल्यमा खपत हुने गरेको छ ।