फेरी बढ्यो अमेरिकी डलरको मूल्य, कति पुग्यो ? (सुचिसहित)
काठमाडौँ, २२ माघ । नेपाली बजारमा आज मंगलबार अमेरिकी डलरको मूल्य वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ १९ पैसा रहेको छ । हिजो सोमबार डलरको भाउ ११३ रुपैयाँ ६९ पैसा रहेको थियो ।
त्यसैगरी युरोपियन डलर १ को खरिद दर १३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रि दर १३१ रुपैयाँ ८५ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रि दर ८३ रुपैयाँ २५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ १४ पैसा छ । त्यस्तै यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ३६ पैसा छ। हिजो सोमबार युके पाउडको मूल्य १४८ रुपैयाँ ८३ पैसा रहेको थियो ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७७ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३७९ रुपैयाँ ९७ पैसा रहेको छ। यसअघि दिनारको भाउ ३७५ रुपैयाँ १६ पैसा रहेको थियो ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तल हेर्नुहोस् ।