के तपाईलाई छिटो–छिटो पिसाब लाग्छ ? यस्ता छन् १० कारण


धेरै जसोलाई छिटो–छिटो पिसाब लाग्ने गर्छ, जसको कारण उनिहरुलाई थाहा हुँदैन । साधारणतया बढी पानी, चिया–कफि पिउनाले धेरै पिसाब लाग्ने हुन्छ, तर केही व्यक्तिहरुमा यो एउटा गम्भिर समस्या हुनसक्छ ।

जान्नुहोस् के–के कारण हुन सक्छन् ?

१. सानो ब्ल्याडर – शरीरमा पिसाब जम्मा गर्ने ब्ल्याडरको आकार सानो भएमा छिटो– छिटो पिसाब आउने हुन्छ ।

२. धेरै पानी पिउनु – धेरै पानी पिउँनाले ब्ल्याडर जाँडै भरिने र चाँडो पिसाब लाग्ने हुन्छ ।

३. पत्थरिया – किड्नीमा पत्थरियाको कारण ब्ल्याडरमा दबाद पर्छ र चाँडै पिसाब गरु लाग्छ । यस्तो समस्या हुँदा केही दुखाई पनि महशुस हुन्छ ।

४. बढ्दो उमेर – उमेरको साथसाथै ब्ल्याडरको नसाहरु पनि कमजोर हुँदै जान्छ र धेरै जसो ब्ल्याडर भरिएको महशुस हुन्छ, जसका कारण पिसाब गर्न मन लाग्छ ।

५. मधुमेह – सुगरको मात्रा बढेमा शरीरले क्लूकोजलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने प्रयास गर्छ । यसले पटक–पटक पिसाब लागिरहेने हुन्छ ।

६. औषधि – कुनै–कुनै औषधिले शरीरमा पिसाब बढी उत्पादन गर्छ । यसले गर्दा पनि छिटो – छिटो पिसाब गर्ने इच्छा लाग्छ ।

७. चिया, कफि – चिया र कफिमा पाइने कफिनले छिटो – छिटो पिसाब लाग्ने समस्या उत्पन्न गराउँछ ।

८. मद्यपान – नशालु पेय पदार्थ अथवा अल्कोहलिक पदार्थ पिउनाले पनि पटक – पटक पिसाब लाग्ने हुन्छ ।

९. युरिन ट्रेक्ट इन्फेक्सन – यो समस्याका कारण दिक्दार लाग्ने हुन्छ र बारम्बार पिसाब लागिरहने हुन्छ ।

१०. प्रोस्टेट ग्रन्थि – प्रोस्टे ग्रन्थि बढ्ने हुँदा पनि छिटो – छिटो पिसाब लाग्ने समस्या हुन्छ ।

०००

यो पनि पढ्नुहोस :

  • मोटाएर फ्यात्त बाहिर निस्केको पेटलाई यसरी सजिलै घटाउन सकिन्छ (१२ घरेलु उपायसहित)

हिजो आज मानिसले सुरुसुरुमा मोटाउँदा त्यति ध्यान दिँदैनन् । मोटोपन अत्यधिक बढेपछि घटाउन घन्टौं पसिना बगाउँछन् । मोटोपन घटाउन खानपिनमा ध्यान दिन जरुरी छ । केही प्राकृतिक चीज यस्ता हुन्छन्, जसको प्रयोगले तौल नियन्त्रण गर्न सकिन्छ ।

तौल घटाउन धेरै मिहिनेत गर्न नसक्नेले सजिलो उपाय पनि छ । यसलाई आत्मसात गरी लाभान्वित हुन सकिन्छ । तल बुदागत हेर्नुहोस :

(१) धेरै कार्बाेहाइड्रेट भएको खाद्यपदार्थ नखानुहोस् । चिनी, आलु र चामलमा कार्बाेहाइड्रेट बढी हुन्छ । यसले बोसो बढाउँछ ।

(२) गहुँको रोटीमात्र खानुभन्दा गहुँ, भटमास र चनामिश्रित आँटाको रोटी फाइदाजनक ।

(३) दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यसले शरीरको मेटाबोलिज्म (शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया) लाई ठीक गर्छ ।

(४) मेवा नियमित खानुहोस् । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुन्छ ।

(५) दही खानाले शरीरको अनावश्यक बोसो घट्छ । मोहीको प्रयोग दिनको दुई/तीनपटक गर्नुहोस् ।

(६) पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । छानेको धुलो हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्छ ।

(७) अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।

(८) हरियो वा कालो मरिच खानामा राखी खानाले तौल घटाउन सक्छ । एक खोज अनुसन्धानमा पाइएको छ कि तौल कम गर्ने सबैभन्दा राम्रो तरिका मरिच खानु हो । मरिचमा पाइने तत्व केप्साइसिनले चाँडै भोक लाग्दैन । जसले तौल घटाउन मद्दत पुग्छ ।

(९) एक चम्चा पुदिनाको रसलाई दुई चम्चा महसँग मिलाइ नियमित प्रयोग गर्नाले मोटोपन घट्छ ।

(१०) सागसब्जी र फलफूलमा क्यालोरी कम हुन्छ । त्यसैले यसको प्रयोग धेरै गर्नुहोस् । केरा नखानुहोस् । यसले मोटोपन बढाउँछ । पुदिनाको चिया बनाएर खानाले मोटोपन घट्छ ।

(११) खानासँगै गोलभेंडा र प्याजको सलादमा कालो मरिच र नुन हालेर खानुहोस् । यसको प्रयोगले भिटामिन ‘सी’, ‘ए’, ‘के’, आइरन, पोटासियम, लाइकोपिन र ल्युटिन प्राप्त हुन्छ । यो खानाले पेट चाँडै भरिन्छ र तौलमा नियन्त्रण हुन्छ ।

(१२) बिहान उठ्नेबित्तिकै २५० ग्राम गोलभेंडाको रस दुई÷तीन महिनासम्म पिउनाले पेट भित्र पस्छ ।

०००

यो पनि पढ्नुहोस :

  • किडनी फेल हुन बाट बच्न के गर्ने ? पढेर सेयर गर्नुहोला

काठमाण्डौं । किडनी मानव शरिरकाे एउटा महत्वपूर्ण अ‌ंग हाे । तर हाम्राे अाफ्नै कारण र हाम्राे खानपाकाे अनियमितताका कारण किड्नी फेल हुने घटनाहरु हिजाअाज सामान्य जस्तै बनेकाे छ ।

किड्नी फेल हुनु भनेकाे किड्नी खुम्चनु हाे । किड्नीमा रहेकाे नेफ्राेन्स भन्ने अंगले शरिरलाइ नचाहिने अनावश्यक फाेहाेर पिसाबका रुपमा बाहिर पठाउने गर्दछ । तर किड्नी खुम्चिएकाे अवस्थामा नेफ्राेन्स थिचिनाले यसले राम्ररी फाेहाेर छान्न सक्दैन ।

यसाे हुँदा हाम्राे शरिरमा रहेकाे विषाक्त पदार्थ Creatinine र Urea का रुपमा रगतका माध्यमबाट शरिरमा फैलन्छ । यसैलाइ अाधुनिक अाैषधि विज्ञानले किड्नी फेल भएकाे भन्दछ । र यस अवस्थामा किड्नी फेर्ने बाहेक अर्काे बिकल्प याे विज्ञानसँग छैन ।

काली गेडी (परि गाेलभेडा ) जंगली बिही वा काकमाची लगायत ठाउँ अनुसार नेपालीमा सम्बाेधन हुने याे झार नेपालमा जताततै पाइन्छ ।

अंग्रेजीमा Common Night Shade र वैज्ञानिक नाम Solanum americanum mill भएकाे याे झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले यदाकदा खाने पनि गर्दछन् ।

याे वनस्पतीकाे पुरै बिरुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि लि का दरले दिनकाे दुइ पटक तीन मिहना सम्म नियमित सेवन गर्नुहाेस । र यस पछि Sonography गराएर हेर्नुहाेस

०००

यो पनि पढ्नुहोस :

  • पत्ता लाग्यो सुगर रोग पूर्ण रुपमा निको पार्ने फल ! नेपालमा प्रशस्तै पाइने (फोटो सहित)

डाइबेटिज रोगका लागि भगवानको वरदान हो यो फल, केही महिनामा हुन्छ फाइदापछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् ।

यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ ।

रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा त्यसले थप फाइदा पुग्छ ।

मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ ।जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछियो पाउडर जस्तो बन्ने छ ।

हल्का तातो पानीमा मिसाएर यसलाई पिउनुस् यसले फाइदा दिन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ ।जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ ।

मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ ।जामुनको फमा पाइने केही रसायले रगतमा सुगर लेवलको नियन्त्रण गर्न धेरै काम गर्छ ।

मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन । तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ ।जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने छ । आयुर्वेदमा जामुनको वियालाई कयौं औषधीको रुपमा प्रयोग गर्रिको पाइन्छ । जसमध्ये एक मधुमेहको उपचार पनि हो ।

जामुनुको बोक्रा लगायत हटाएपछि बचेको हिस्सालाई सुकाएर यसको पाउडर बनाउनुस् । यस पाउडरलाई विहान बेलुका पानीको साथ खादा सुगर लेवल नियन्त्रणमा आउँछ ।

०००

यो पनि पढ्नुहोस :

  • तपाईलाई थाहा छ ? ग्यास्टिक तथा अल्सरको अचुक औषधी हो डल्ले खुर्सानी

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउछ ।

याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ ।त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ मेटाउछ ।

०००

यो पनि पढ्नुहोस :

  • पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचुक घरेलु औषधी र खाने तरिका बारे जान्नुहोस र शेयर गर्नुहोस

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ ।

अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् । तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement