इन्टरनेटमा यो फेल्फी तस्बिर भाइरल हुदै, बलिवुड सेलिब्रिटीले पनि शेयर गर्न थाले


काठमाडौं । स्मार्टफोन र सामाजिक संजाल आएपछी सेल्फीको पनि उत्पति भएको थियो । मानिसहरु हरेक सेकेन्ड कुनै न कुनै किसिमको सेल्फी खिची रहेका हुन्छन । यस्तै सामाजिक सञ्जालमा पछिल्लो समय एउटा तस्विर निकै भाइरल भइरहेको छ। त्यो तस्बिरमा बालबालिकाहरुले सेल्फी लिइरहेको कल्पना गर्दै खुसी भइरहेको देख्न सकिन्छ। तर हातमा भने फोन या क्यामेरा नभएर थोत्रो चप्पल हुन्छ ।

एक सामान्य लाग्ने यो तस्बिरलाई फोटो अफ द डे, बेस्ट सेल्फी, ह्याप्पीनेसजस्ता शब्द प्रयोग गरेर सेयर गरिँदै छ। अरु त अरु यो तस्बिरलाई बलिउड सेलिब्रिटीले निकै सेयर गरिरहेका छन्। फोटो कहाको हो भन्ने अहिले सम्म खुल्न नसके पनि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा अत्यधिक भाइरल भैरहेको छ ।

हेर्नुहोस त्यो तस्बिर :

प्रतिक्रिया दिनुहोस
Advertisement