किन जुम्ल्याहा बच्चा जन्मन्छन ? के छ कारण
किन जुम्ल्याहा बच्चा जन्मन्छन ? जुम्ल्याहा बच्चा चाहने भन्दा पनि गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण हुन्छन् । जुम्ल्याहा बच्चा हुनुमा आमाको कारणले मात्र नभइ बुवाको पनि उत्तिकै भूमिका हुन्छ । यो एक प्राकृतिक तरिका हुनाले यसलाई सुधार गर्ने कुनै उपाय या उपचार छैन । यी हुन् जुम्ल्याहा बच्चा जन्मनुका कारण स्
यस्तो बच्चा जन्मनुमा कुन कारण हो भन्ने पत्ता लागेको छैन ।यस्तो सम्भावना २५० गर्भवती महिलामध्ये एकमा जुम्ल्याहा हुन्छ । -यो एउटा वंशाणुगत कारण पनि हो । जुन पुस्तौँपुस्तासम्म चल्ने पनि गर्छ । यस्ता महिलामा एकभन्दा बढी अन्डको निर्माण गर्ने आनुवंशिक गुण प्राप्त हुन्छ ।-कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम ।-बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पनि बढी हुन्छ । त्यो किनभने ओबुलेसनको क्रममा बढी उमेरका महिलाले एकभन्दा बढी अन्डको निर्माण गर्छन् । -इन विट्रो फर्टिलाइजेसनमा जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ । यस्तो प्रक्रियालाई नेपालमा टेस्ट्युब बेबी भन्ने पनि गरिन्छ । यस्तो प्रक्रियामा एकभन्दा बढी भ्रुणको स्थानान्तरण गरिन्छ ।
प्रकार – समान देखिने जुम्ल्याहा – कुनै–कुनै जुम्ल्याहा बच्चा उस्तै देखिन्छन् । उनीहरूको रूप अंग एकैखालको हुन्छ । अन्डा एक स्पर्मबाट निषेचित भएमा यस्ता जुम्ल्याहा सन्तान जन्मन्छ । तर, केही समयपछि यस्तो अन्डा दुई भागमा विभाजित पनि हुन सक्छ । यी दुई बच्चाकै आनुवंशिक संरचना एकैप्रकारको हुन्छ । यी दुई बच्चा कि त केटा, कि त केटी हुन्छन् । एउटा केटा र अर्को केटी भने हुँदैन ।फरक–फरक देखिने जुम्ल्याहा – महिलाको गर्भाशयमा फरक–फरक अन्डा निषेचित भएमा फरक–फरक रूप रङका बच्चा जन्मने गर्छन् । यी बच्चाको आनुवंशिक संरचना पनि फरक–फरक हुन्छन् । यसरी जन्मने बच्चा एउटा केटा र अर्को केटी हुने सम्भावना बढी हुन्छ । यी दुई कम र बढी उमेरका जस्ता देखिन्छन् ।