नेपाल डुबाउन दशगजा मिचेर भारतले खन्यो नाली र लगायो तारजाली (भिडियाे)


काठमाडौँ, २१ माघ। सदियौ देखि भारतले नेपाली भुमि मिच्दै आएको सर्बबिदितै छ । अहिले भर्खरै पनि भारतले दशगजा मिचेर संरचना निर्माण गरिरहेकै छ ।

भारतले कञ्चनपुरको पुनर्वासलगायत सीमा क्षेत्रमा आफूखसी विभिन्न संरचना निर्माण गरिरहेको खबर आएको छ । सानो देश नेपाल प्रति गर्दै आएको यस्ता खाले ज्यादतीको विरुद्द जनताले आवाज नउठाएको पनि हैन । तर सरकार मुकदर्शक झैँ बसिरहेको छ ।

यति बेला कञ्चनपुरको पुनर्वासमा भारतले एकलौटी रुपमा नाली खनेर तारजाली लगाइरहेको खबर आएको छ । दशगजा क्षेत्रमा यस्तो अतिक्रमण हुदा अपनी नेपाल सरकार निरिह छ ।

हेर्नुहोस एक रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस
Advertisement