करिव १६ वर्ष अगाडीदेखि यो घर हाइवेको बीचमा रहेको छ, सडक बिस्तार गर्दा पनि आखिर यो घर चाँही किन भत्काईएन ? कारण थाहा पाएपछि चकित पर्नुहुनेछ !


एजेन्सी, २१ माघ । संसारमा कोहि मानिस यत्ति जिद्दी हुन्छन् कि उनीहरुलाई व्यक्तिले त के सिंगो राज्यले पनि काबुमा ल्याउन सक्दैन ।कहिलेकाही यस्ता जिद्दीवाल मान्छेले दुनियाँलाई नै हैरान पार्छन् । यस्तै एक जिद्दीवाल मान्छेका कारण चीनको सांघाई शहरका बासिन्दा मात्रै होइन राज्य नै हैरान बनेको छ ।

सांघाई शहरमा सन २००३ तिर हाइवे बनाउदा बाटोमा पर्ने घरहरु हटाउने काम शुरु भयो । सरकारले बाटोमा पर्ने घर मालिकहरुलाई उचित मुआब्जा दिएर ति घरहरु हटाएको थियो। सरकारले घरलाई बाटोबाट अन्यत्र सार्दा प्रत्येक परिवारलाई चार फ्ल्याट र ८० लाख युआन दिएको थियो ।

यसै क्रममा एउटा जिद्दीवाललाई सरकारले समेत कन्मिन्स गर्न सकेन । बाटोको बीचमा घर भएका एक मानिसले आफ्नो घर सरकारलाई दिन अस्वीकार गरे। घर मालिकको जिद्दिका कारण ससडक बिभागले घरलाई बिचमै छोडेर हाइवे बनाएको थियो ।

करिब १५ बर्षपछि हालसम्म पनि यो घर हाइवेको बिचमा जस्ताको त्यस्तै रहेको छ। यसरी संसारलाई नै चकित पार्ने गरी सरकारको निर्णय अटेर गरेका चिनिया नागरिक को हुन् भन्ने बारेमा भने सूचना सार्बजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement