संयुक्त राष्ट्रसङ्घ, न्यूयोर्कका लागि नेपालको राजदूतमा अमृतबहादुर राई नियुक्त


काठमाडौँ, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमृतबहादुर राईलाई संयुक्त राष्ट्रसङ्घ, न्यूयोर्कका लागि नेपालको राजदूत÷स्थायी प्रतिनिधि पदमा आज नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले राईलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी राष्ट्रपतिले मणिप्रसाद भट्टराईलाई जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको राजदूत÷स्थायी प्रतिनिधि पदमा आजै नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement