बंगुरको सेकुवा र बियर खादै दिल निशानी मगर र मुकुन्दे निस्के लङ ड्राइभमा, मगरले यार्सागुम्बा उपहार दिएपछी मुकुन्दे मक्ख (फोटो भिडियो हेर्नुहोस)


काठमाडौँ । पुर्व लामोबदी लडाकु र वर्तमान लेखक दिल निशानी मगर एक चर्चित तर विवादित व्यक्तित्वको रुपमा चिनिनु हुन्छ । उनको सामाजिक संजालमा पनि राम्रै फलोअर रहेका छन । त्यस्तै अर्का विवादित र चर्चित व्यक्ति हुन् मुकुन्दे ।

यी जोडीको हिजो आज राम्रै केमेस्ट्री मिलेको देख्न सकिन्छ । केमेस्ट्री यति सम्म मिल्न थाल्यो की दिल निशानी मगरले मुकुन्देलाई मासु बियर खुवाउने देखि घुमाउन लाने सम्म गर्न थालेका छन । आज पनि दिल निशानी मगरले मुकुन्देलाई धरान लगेर मज्जासंगले धराने कालो बंगुरको सेकुवा र टुबोर्ग बियर पिलाएको फोटो र भिडियो आफै शेयर गरेका छन ।

निशानीले बियर र सेकुवा मात्र खुवाएनन मुकुन्देलाई विहेको शुभकामना दिदै यार्सागुम्बा गिफ्ट पनि दिए ।

वास्तवमा यी दुइ व्यक्तित्वको विचारहरु पनि समाजलाई सहजता पुर्वक पचाउन गाह्रो हुने खालकै हुने गरेका छन । उनीहरुले सामाजिक संजालमा व्यक्त गर्ने गरेका कतिपय बिचारहरु माथि अन्य व्यक्तिको बिरोध र आलोचना हुने गर्दछ ।

हेरौ दिल निशानी मगरले मुकुन्देसंग गरेको रमाइलो समयको केहि तस्बिर र भिडियो :

 


प्रतिक्रिया दिनुहोस
Advertisement