६ महिनाको उमेरमै आगोमा परेर हात र अनुहार जलेकी भीमा कार्कीको जादुमय स्वरले रुवायो दर्शकलाई ! भन्छिन्–घरकाले मर्यो भनेर फालिदिएका थिए रे !! (भिडियो सहित)


काठमाडौं, २१ माघ । छ महिनाकै उमेरमा अनुहार जलेकी भिमा कार्की अहिले लोक दोहोरी गीत गाउँछिन् ।

बाबु आमा जंगल गएका बेला बिचरी ती अबोध बालिकालाई के थाहा उनि बामे सर्दै गइन् र ज्वाम्मै आगोमा पसिन् । उनको अनुहार र हात जलाइन् । अहिले उनको लागि त्यहि बाल्यकालमा जलेको अनुहारले गायन क्षेत्रमा उनलाई ठक्कर दिएको छ ।

पहिलो पटक काम गरेको दोहोरी साँझमा साहुले रुपकै कारण कामबाट निकालिदिए पछि उनि धेरै दिन रोएर बासिन् तर पनि हारेस खाइनन् । अहिले काठमाडौंकै एक दोहोरी साँझमा काम गर्छिन् । उनको जादुमय स्वरले दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाएको छ ।

बाँकी उनको बारेका जान्नुहोस् यो भिडियोबाट :

प्रतिक्रिया दिनुहोस
Advertisement