प्लाष्टिकको टयांकरमा दुध बोके कडा कारबाही गरिने !


काठमाडौं, २१ माघ । प्लाष्टिकको टयांकरमा दुध बोकेको पाइए सरकारले कडा कारबाही गर्ने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्लाष्टिकको टयांकरमा दुध खरिद बिक्री गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको हो ।

सोमबार भक्तपुरको जगातीमा दुधको टयांकरहरुको अनुगमन गरेको विभागले त्यहाँ पनि प्लाष्टिकको टयांकर प्रयोग गरि दुध आयात गरिएको पाइएपछि उनीहरुलाई पनि आईन्दा त्यसो नगर्न सचेत गराएको छ ।

विभागको निर्देशिका विपरित प्लाष्टिकको टयांकरमा दुध ल्याएको पाइएपछि त्यस्तो काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिइएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।

विभागले मानव स्वास्थ्य प्रतिकूल हुने भएकाले प्लाष्टिकको टयांकरमा दुध बोक्न नहुने निर्देशिका जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement