प्रवासी नेपालीको पैसाले गौतम बुद्द अन्तरास्ट्रिय क्रिकेट रंगशाला बनाउने कुरामा हुन थाल्यो विरोध (भिडियो)


काठमाडौँ, २१ माघ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा भरतपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालाको आर्थिक संकलनको विषयमा विरोधको आवाज आउन थालेको छ । यो विरोध नेपालबाट भन्दा प्रवासमा रहेर बैदेशिक रोजगारी गरिरहेका युवाहरु बढी छन ।

उनीहरुको विरोध धुर्मुस सुन्तली प्रति भन्दा पनि नेपाल सरकार प्रति रहेको छ । गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नको लागि कम्तिमा तिन अर्ब रुपैयाको लागत लाग्ने अनुमान गरिएको छ । तर धुर्मुस सुन्तली फाउन्डेसनसंग अहिले ३-४ करोड रुपैया पनि छैन ।  बाकी अर्बौ रुपैयाको स्रोत भनेको देश तथा विदेशमा रहेका सर्बसाधारणबाट संकलन गर्ने धुर्मुस सुन्तलीको लक्ष रहेको घोषणा नै गरेका छन । तर रकमको आशा भने बैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका युवाहरुबाट नै बढी रहेको स्पष्ट हुन्छ ।

अर्बौको लगानी हुने एउटा राष्ट्र गौरबको आयोजना सरकारले बनाउनु पर्ने आम मानिसहरुको भनाई छ । कुनै दुखि पिडितलाई सहयोग गर्नु अर्कै कुरा तर रास्ट्र गौरबको कार्यक्रमहरु, आयोजनाहरु पनि जनताको चन्दाले निर्माण गर्नु त्यति सुहाउदिलो कुरा भने हैन । जुन कुराको विरोध प्रवासमा रहेकाले गरेका हुन् । उनीहरुले धुर्मुस सुन्तलीलाई गलत ठानेको भन्दा पनि सरकारको यो अवस्थालाई गलत ठानेका छन ।

यस विषयमा प्रवासमा रहेका नेपालीहरुको भनाई यस्तो छ :


प्रतिक्रिया दिनुहोस
Advertisement