प्रसारण विधेयकको त्रुटि सच्चाइने


खस्यौली, २१ माघ। प्रदेश नं ५ को प्रदेश मामिला तथा कानून समितिले प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएको त्रुटिलाई सच्चाउने भएको छ ।

समितिको आज बुटवलमा बसेको बैठकमा पत्रकारले राखेका विभिन्न विषयमा छलफल गरेर निष्कर्षमा पुगिने समितिका सभापति दामा शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जुनजुन विषयमा संशोधन आवश्यक छ, समितिमा छलफल गरेर टुङ्गोमा पुगिने छ ।”
सो अवसरमा प्रसारण विधेयकको विषयमा पत्रकारका तर्फबाट सुझाव दिँदै नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष तथा रेडियो लुम्बिनीका अध्यक्ष मोहन चापागाईंले प्रशारण विधेयकमा केही विषय प्रशंसनीय भए पनि केही बुँदा लेख्न र प्रकाशन तथा प्रसारण गर्ने स्वतन्त्रतामाथिको चुनौती भएको बताउनुभयो ।

उहाँले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतालाई अङ्गीकार गर्न आग्रह गर्दै सो ऐनका कतिपय बुँदा संशोधन गर्न अनुरोध गर्नुभयो । सो विधेयकका विभिन्न बुँदामा पत्रकारले असहमति जनाउँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement