नेपालको शिर ठाडो पार्ने खेलाडीहरुलाई विमानस्थलमा यसरी भव्य स्वागत गरियो, जनही ५ लाख दिइने (भिडियो)


काठमाडाैं, २१ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । उनीहरुलाई बिमानस्थल मै रेडकार्पेटमा स्वागत गरिएको छ। टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राखेपका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेलकुद पदाधिकारीसँगै सयौंको संख्यामा खेलप्रेमिहरु विमानस्थल पुगेका छन्।

हजारौको संख्यामा खेल प्रेमी दर्शक पनि त्यहा खेलाडीको हौसला बढाउन पुगेका थिए । युएईलाई आफ्नै घरेलु मैदानमा दुवै शृंखलामा हराएर नेपालले जित हासिल गरेको थियो ।

यसै बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’ खेलाडीको बृद्दीबिकासको लागी र हौसला प्रदान गर्नको लागि उक्त पुरस्कार दिन सिफारिस गर्न लागिएको विष्टले बताउनु भयो ।

खेलाडीको स्वागत यसरी भयो, भिडीयो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement