नेपाली राष्ट्रिय क्रिकेट टोली काठमाडौं आइपुगे, खेलकुदमन्त्री, हजारौं समर्थकका साथमा स्वागत गर्न विमानस्थल पुगे पारसका बृद्ध हजुरबुवा !


काठमाडौं, २१ माघ । युएईविरूद्धको टी ट्वान्टी र एक दिवसीय सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव सयौंको संख्यामा आएका खेल समर्थकले रातो कार्पेट ओछ्याएर स्वागत गरेका छन् ।

संचारकर्मीसंग कुरागर्दै पारसले सबै खेलाडीको सामूहिक प्रदर्शनले यो सफलता सम्भव भएको बताए । उनले अब केही समयपछि आइसीसीका प्रतिनिधि नेपाल आएर त्रिवि क्रिकेट मैदानको अवलोकन गर्ने भन्दै नेपालमै पनि ओडिआइ हुनसक्ने बताएका छन् ।

यसैबीचबीच पारस खड्काका हजुरबुवा प्रेमबहादुर खड्का र पिता मोहन खड्का पनि विमानस्थल पुगेका छन् ।

उनीहरुले आफ्ना छोरा/नातीको नेतृत्वमा खेलाडीहरुले दिलाएको सफलताले सिंगो देश हर्षित हुन पाएको भन्दै आफूहरुलाई गौरवको अनुभूति भएको बताए ।

पारसका हजुरबुवा प्रेमबहादुर ७० वर्षका वृद्ध हुन् र क्रिकेटका निकै ठूला फ्यान पनि हुन् । उनी सम्भव भएसम्म मैदानमै पुगेर खेल हेर्न रुचाउँछन् । नेपाली टोली विमानस्थलबाट बाहिरिनुअघि पारसका पिता मोहन र हजुरबुवा प्रेमबहादुर समर्थकसँग खुसी साट्दै पर्खेर बसेक थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement