‘एभरग्रीन ब्युटी’ करिश्माको आज जन्मदिन, कति बर्ष पुगिन उनि ? थाहा पाउनुहोस् !


काठमाडौँ, २१ माघ । नेपाली चलचित्र क्षेत्रकी सुन्दर तथा सदाबाहार अभिनेत्री करिश्मा मानन्धरको आज जन्मदिन परेको छ । सन् १९७१ मा आजकै दिन उनको जन्म भएको थियो ।

उनले नेपाली सिने जगतमा लामो समय बिताईसकेकी छन् । अझै पनि फिल्म नगरीमा सक्रिय उनि १४ वर्षकै कलिलो उमेरमा उनले ‘सन्तान’फिल्ममा अभिनय गरेकी थिइन् ।

यस फिल्ममा उनको अपोजिटमा भुवन केसी थिए । यो फिल्म बिस २०४२ मा रिलिज भएको थियो । यो कुरा कमैलाई थाहा होला उनले करियरको सुरुवातमै एक हिन्दी फिल्ममा (दङ्ग फसाद) समेत काम गरेकी थिइन् ।

यसबाहेक उनका ‘सन्तान’ , ‘ट्रक ड्राईभर’ , ‘साथी’ ‘बसन्ती’, ‘एक नम्बरको पाखे’,पन्छी’ लगायतका कैयौं फिल्म चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement