मन्त्री गोकुल बाँस्कोटालाई नटेरेपछी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसंग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माग्यो स्पष्टीकरण


काठमाण्डौ, २१ माघ । मन्त्रालयले राखेको चौमासिक समीक्षा बैठकमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित भएपछी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निकितासंग स्पष्टीकरण मागेको छ ।

आइतबार सञ्चारमन्त्री गोकुल बास्कोटाले बोलाएको चौमासिक बैठकमा निकिता पौडेल अनुपस्थित भएकी थिइन । उनलाई चौमासिक समीक्षा बैठकका लागि पत्राचार गरिएको थियो । पत्राचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी पनि नगराएको भन्दै स्पष्टीकरण को माग गरेको हो ।

चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्न सोधेका थिए । मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टीकरण माग गरेको बुझिएको छ ।

निकिता पौडेलले केहि समय अगाडी मात्र चर्चीत पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेपछी चर्चामा छिन ।

प्रतिक्रिया दिनुहोस
Advertisement